काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् ।
भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् । डिस होम,म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर नै अफवाह फैलाउने भारतीय न्युज च्यानलहरु बन्द गरेको शर्माले बताए ।
भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिए । पछिल्लो समयमा केही भारतीय न्युज च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि यसको विरोध भइरहेको छ ।