बहिनीलाइ कुटपिट गरी नदीमा धकेलेको र मृत्यु भएको भन्दै दाजु पक्राउ

कञ्चनपुर । बहिनीलाइ नदीमा धकेलेर हत्या गरेकाे अाराेपमा कञ्चनपुर प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । सुरुमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको भनिए पनि पछि प्रहरीले त्यसमा दाजुकाे हात रहेकाे सूचना अाएपछि बालिकाका दाजुलाइ पक्राउ गरेकाे हाे ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको थियाे । बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको थियाे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएकोले उनका दाजुलाइ पक्राउ गरिएकाे जनाए । घटनाकाबारेमा अनुसन्धान भइरहेकाे पनि उनले जानकारी दिए ।

Loading...