सरकारसँग १२ बुँदै सहमति गरेर अनसन तोडे इनफ इज इनफका अनसनकारीले

काठमाडौँ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र […]

सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहा छैन

कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् । १ दर्जन बढी गाडी चढेर हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको फाैजले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । उनीहरुले उक्त क्षेत्र भारतकाे दाबी गर्दै सडक निर्माण […]

सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]

कांग्रेस महाधिवेशन फागुनमै हुने, कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका […]

एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल

काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]

विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]

मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ

काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो । परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको […]

माधव नेपाललाई निगरानी गर्न प्रधानमन्त्रीले सुरक्षाकर्मी परिचालन गरेको खुलासा

काठमाडौँ, २२ असार । प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा गराउने दौडमा लागेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरेको खुलेको छ । नेता नेपालको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो । पछिल्लो समय पाटीभित्र विवाद बढ्दै गएको छ । पाटीभित्रको […]

मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत

काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए । प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए […]

साँझ अबेर बालुवाटारमा मन्त्रीहरुसँग प्रधानमन्त्रीले बोलाएको बैठक सकियो

काठमाडौं, २० असार । राष्ट्रपतिसँगकाे गाेप्य भेट लगत्तै बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीसँग गरेकाे बैठक पनि सकिएकाे छ । शनिबार साँझ अबेर भएको छलफलमा के के कुरा भए भन्नेबारे भने केही बताइएकाे छैन ।  प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि छलफल सकिएको […]