असार २२ सम्मका लागि नेकपा स्थायी कमिटिको बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता […]

चीनलाइ चुनौती दिँदै साउथ चाइना समुन्द्रमा अमेरिका सैन्य अभ्यास गर्दै

एजेन्सी । चीनसँग विवाद जारी रहँदा अमेरिकी नौसेनाले साउथ चाइना सीमा सैन्य अभ्यास गर्ने भएको छ। सैन्य अभ्यासका लागि अमेरिकी सेनाले साउथ चाइना सीमा दुईवटा विमान वाहक पानीजहाज र केही युद्ध पोतहरु पठाउने तयारी गरेको सीएनएनले जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरुले फिलिपिन्स सी र साउथ चाइना सीमा सैन्य अभ्यास हुने जानकारी दिएका छन्। यो सैन्य […]

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै […]

विदेशबाट फर्किए १६ हजार भन्दाबढी नेपाली

काठमाडौँ । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना […]

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए । उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको […]

संकटकाल लगाउने विकल्पका लागि प्रधानमन्त्रीको राष्ट्रपतिसँग तारन्तार गोप्य भेट

काठमाडौं । पार्टीमा विवाद बढ्दै गए पनि सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अलिकति पनि गलेका देखिदैनन् । ओली पार्टीलाइ मिलाउनेतिर भन्दा आफू निकट रहेका र भनेको मान्ने पार्टीका नेताहरुलाइ छुट्टै बोलाएर आफूलाइ सहयोग गर्ने र तारन्तार राष्ट्रपतिलाइ समेत भेट्ने गर्न थालेपछि अरु नेताहरु सशंकित भएका छन् । ओलीले त्यसखालका हर्कत बढाएपछि […]

गालीको ओइरो लाग्न थालेपछि दीपाश्रीले मागिन माफी

काठमाडाैं । अभिनेत्री दीपाश्री निराैलामाथि नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमालका विषयमा गरेकाे एक टिप्पणीपछि गालीकाे वर्षा हुन थालेकाे छ । यसरी सामाजिक सञ्जालमा गालीकाे वर्षा नै हुन थालेपछि उनले महानायक हमालका फ्यानसँग माफी मागेकी छन् । आफ्नो फेसबुक वालमा लामाे स्टाटस लेख्दै कलाकार निराैलाले आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै माफी […]

कमाण्डरले दिएको आदेश नमानेको भन्दै नेपाली सेनाका दुई उच्चअधिकृत सेवाबाट बर्खास्त

काठमाडाैं । नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ। बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जंगी अड्डाले जनाएको छ। माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी […]

राजधानी छिर्न तीन नाकाबाट आएका ३९० सवारी साधन फिर्ता पठाइयो, ७२ सवारी नियन्त्रणमा

काठमाडौं । विभिन्न तीन नाका प्रयाेग गरेर राजधानी छिर्न खाेज्ने ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। त्यसैगरी ७२ वटा सवारी साधनलाइृ नियन्त्रणमा लिएकाे छ। उपत्यका बाहिरका जिल्लाबाट नागढुंगा, जगाती र फर्पिङ नाका हुँदै बुधबार राजधानी छिर्न खाेजेका ती गाडीलाइ फर्काइएकाे हाे ।  प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको […]

केपी ओलीले नै मदन स्मृति दिवसका दिन एमाले नामको पार्टी दर्ता गर्न लगाएको खुलासा

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रकाे विवाद फेरि उत्कर्षमा पुगेकाे छ । यही समयमा एउटा अर्काे खबरले नेकपाभित्र खैलाबैला भएकाे छ । त्याे खबर हाे नेकपा एमाले नामकाे पार्टी दर्ता गर्न निर्वाचन आयाेगमा परेकाे निवेदन । त्याे पनि मदन भण्डारीकाे स्मृति दिवसकै दिन यस्ताे निवेदन परेपछि नेकपाका सबै नेता कार्यकर्ता झस्किएका […]