राष्ट्रिय झण्डा जलाएको देखाउने छ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ अपलोड भएको थियो । त्यसको अनुसन्धानमा जुटेको प्रहरीले छ जनालाई पक्राउ गर्न सफल बहेको हो । प्रहरी प्रधान कार्यालयले हालसम्म […]

अछाममा बाढीको वितण्डा, ६ जनाको शव भेटियो, एकै घरका १० सहित दुई दर्जन बढी वेपत्ता

अछाम । अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ । बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता […]

आफ्नो मृत्युपछि मात्र सार्वजनिक गर्नु भनेर राष्ट्रकवि घिमिरेले ६१ वर्षदेखि लुकाएको गीत यस्तो छ

काठमाडाैं । एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिने कार्यक्रम तय गरिएकाे छ। घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले […]

भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।

रोनाल्ड बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड बन्ने पक्का

एजेन्सी । बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान बन्ने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोएम्यान नै क्लबको नयाँ प्रशिक्षक बन्ने बताएका छन् । ५७ वर्षका कोएम्यान बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् । उनले हाफ नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक छन् । यो हप्ता भित्र उनलाई अनुबन्ध गर्ने प्रक्रिया पूरा हुने जनाइएको छ । मंगलबार […]

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीलाइ बन्धक बनाएर मालीमा ‘सैन्य कु’ को प्रयास

एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्। राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई […]

अदालत परिसरबाटै पूर्व सांसद गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज उमा भुजेल अदालत परिसरबाटै गिरफ्तार परेकी छन् । पूर्व सांसद समेत रहेकी भुजेललाई मंगलबार साँझ सुनसरी प्रहरीले जिल्ला अदालतको परिसर बाटै पक्राउ गरेको हो । अदालतको आदेशबाट रिहा भएलगत्तै उनी पक्राउ परेकी हुन् । उनी संगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज […]

रहेनन् राष्ट्रकवि घिमिरे : आफ्नै देशमा मर्ने इच्छा पूरा

भक्तपुर, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार साँझ उनकाे निधन भएकाे हाे । ५ बजेर ५५ मिनेटमा निवासमै उनकाे निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनी स्वासपश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए । विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा उनको जन्म भएको थियो […]

कोरोनाबाट थप चार जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ४ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत साउन ३० गते पाटन अस्पतालको भेन्टिलेटरमा उपचारत रहेका उनको आज […]

सिंहदरबार अगाडि गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले ठक्कर दिँदा दुई महिला घाइते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलको स्कर्टिङमा रहेको एक गाडिले ठक्कर दिएर दुुई जनालाइ घाइते बनाएकाे छ । मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका हुन । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले बा १ झ ५५ ५४ नम्बरको प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको गाडीले ठक्कर […]