सिंहदरबार अगाडि गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले ठक्कर दिँदा दुई महिला घाइते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलको स्कर्टिङमा रहेको एक गाडिले ठक्कर दिएर दुुई जनालाइ घाइते बनाएकाे छ ।

मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका हुन ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले बा १ झ ५५ ५४ नम्बरको प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको गाडीले ठक्कर दिएकाे बताए । 

बा ९४ प १०२५ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा नुवाकोटकी २३ वर्षीया लिला थापा र २७ वर्षीया सुुधा थापा घाइते भएका गौतमले बताए। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एसपी गौतमले गाडी चालकलाई सिंहदरबार बृत्तमा राखिएको जानकारी दिए।

Loading...