राष्ट्रिय झण्डा जलाएको देखाउने छ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ अपलोड भएको थियो । त्यसको अनुसन्धानमा जुटेको प्रहरीले छ जनालाई पक्राउ गर्न सफल बहेको हो ।

प्रहरी प्रधान कार्यालयले हालसम्म छ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ तर उनीहरुको पहिचान गोप्य राखिएको छ । उनीहरु उपर आवश्यक कानुनी कारवाही हुने प्रहरीको भनाइ छ ।

 
Loading...