एजेन्सी । राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ । बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो । विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना […]
Author: Nonstop Khabar
सन्दिपको उत्कृष्ट बलिङले पनि जोगाएन जमैकाको हार
एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो । […]
कोरोनाबाट विश्वभर ८ लाख ८ हजारको मृत्यु, २ करोड ३३ लाख बढीमा संक्रमण
काठमाडौं । विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ […]
चितवनमा एक कोरोना संक्रमित महिलाको निधन
चितवन, ७ भदाै । चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले […]
मास्क नलगाउने १४०० लाई कारवाही गरेर उठाइयो १ लाख ४० हजार
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ । उनीहरूबाट एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम संकलन […]
बारेकोटका पहिरो पीडितलाइ पत्रकार गिरीको पहलमा सहयोग हस्तान्तरण
जाजरकोट । जाजरकाेटकाे बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि लागि पत्रकार वीरबहादुर गिरीको पहलमा संकलन भएको करीब ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ । गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित भएका घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब ५ लाख सहयोग संकलन भएको थियो । संकलन […]
नेकपाको कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ, ६ भदाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अन्त्यका लागि सुझाव दिन गठित कार्यदलले आफ्नाे प्रतिवेदन बुझाएको छ। पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्न अध्यक्ष पुष्ककमल दाहाल ४ः३० बजे बालुवाटार पुगेका थिए। लामो समयदेखि नेकपामा बढेको आन्तरिक विवादमा […]
काठमाडौं उपत्यकामा एकैदिन २१६ संक्रमित भेटिए, देशभर ६३४
काठमाडौं, ६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । पछिल्लाे २४ घन्टामा देशभर ६३४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२,५१९ […]
समीक्षा अधिकारीको `दुई नाउमा पाउ लायौ´ आधुनिक गीत सार्वजनिक
काठमाडाैं । पछिल्लो समायमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारिको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा […]
फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन
एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए। चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी […]











