विदेशी सेनाले देशमा अस्थिरता पैदा गरी नयाँ राष्ट्रपति चयन गर्न लागेको बेलारुसका राष्ट्रपतिको आरोप

एजेन्सी । राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ ।

बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो ।

विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना आफ्नो देशमा अस्थिरता पैदा गरी अर्को राष्ट्रपति चयन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

सैन्य पोसाकमा सार्वजनिक हुँदै एलेक्सान्डरले पोल्याण्ड र लिथुवानियाका सेनाले आफूलाई तयारी अवस्थामा राखेको भन्दै बेलारुसी सेनालाई देशको पश्चिमी सीमा तर्फ पठाएको बताएका थिए । तर, नेटोले भने उक्त आरोप अस्वीकार गरेको छ । आफूबाट बेलारुस वा अरु कुनै देशलाई कुनै पनि प्रकारको चुनौती नरहेको नेटोले जनाएको छ ।

दुई साताअघि भएको चुनावको परिणामपछि बेलारुसमा प्रदर्शन हुँदै आएको छ । राष्ट्रपतिमा एलेक्सान्डर पुनः विजयी भएको घोषणा निर्वाचन आयोगले गरेपछि विपक्षीले चुनावमा धाँधली भएको भन्दै बेलारुसमा प्रदर्शन गर्दै आएका हुन् ।

Loading...