काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे । मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । […]
Author: Nonstop Khabar
राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको […]
भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित भेटिए
एजेन्सी । भारतमा एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यस्तै बितेको चौबिस घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु […]
आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा
काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]
शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ
काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]
बार्सिलोना नछोड्ने मेसीको निर्णय, बार्सा छोड्ने सुनाएपछि पत्नी र बालबच्चा रोएको मेसीको भनाइ
एजेन्सी । लियोनल मेस्सीले बार्सिलोना नछाड्ने निर्णय लिएको बताएका छन्। गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन्। क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि उनले लगाएका छन्। ‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु। किनभने क्लबका अध्यक्षले मलाई ७० करोड युरो नतिरी जान सम्भव नरहेको बताए,’ मेस्सीले भनेका छन्। […]
मच्छिन्द्रनाथको रथ जात्रामा भएको झडप नियन्त्रण गर्न कोरोना संक्रमित १८ प्रहरी परिचालन गरेको खुलासा
काठमाडौं, १९ भदौ । बिहीबार राताे मच्छिन्द्रनाथकाे रथ जात्राका क्रममा भएकाे झडप नियन्त्रणका लागि परिचालित भएका १८ जना प्रहरीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । शुक्रबार आएकाे काेराेना परिक्षणकाे रिपाेर्टमा उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । जसमध्ये १८ जना बिहीबार पुल्चाेकमा खटेका प्रहरी भएकाे बताइएकाे छ । बिहीबार रातो […]
प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल
काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्त भएका थिए । संसदकाे सदस्यकाे […]
देशभर १३५९ नयाँ संक्रमित थपिँदा उपत्यकामा मात्र भेटिए ४५४ कोरोना संक्रमित
काठमाडौं, १९ भदौ । शुक्रबार काठमाडौं उपत्यकामा ४५४ जना नयाँ संक्रमित थपिएका छन् । साथै देशभर अहिलेसम्मकै बढी १३५९ जना संक्रमित भेटिएका छन् । यसले नेपालमा काेराेना भाइरसकाे संक्रमण दिनप्रतिदिन बढिरहेकाे देखाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका ४५४ मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन । काठमाडाैंमा ३८६ जना नयाँ […]
चर्चित फुटबलर नेयमारसहित उनका तीन साथीलाई कोरोना संंक्रमण
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ। क्लवले खेलाडीको नाम सार्वजनिक नगरे पनि फ्रान्सेली समाचार संस्था (एएफपी) ले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको बताएको हो। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा […]









