शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ

काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ ।

उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ ।

त्यसैगरी रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ कोरोना मुक्त भएका छन् ।

Loading...