नेपालकी प्रिन्साले जितिन ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को अन्तराष्ट्रिय उपाधी

काठमाण्डौं । गत वर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्सा खड्काले यस पटक पनि त्यस्तै अर्काे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् । साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व […]

शेखर भन्छन्: देउवासँग तारे होटलमा गोप्य भेट गरेको छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन्। बिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन्। कार्यक्रममा उनले […]

साथीलाइ माेटरसाइकलसहित बाढीमा गुमाएका कृष्ण भन्छन: माेटरसाइकल फालेर कान्लामा उक्लेर बालबाल बचेँ

बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच […]

भारतबाट दुई युवतीलाइ उद्दार गरी नेपाल ल्याइयो

परासी । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये चितवनकी चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन्। […]

काठमाडौँ महानगरले बढायो पीसीआर परीक्षणको दायरा

काठमाडाैं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ। आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ। केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक […]

ललितपुरका सिडिओ हस्ताक्षरित विज्ञप्तिमा गोली हान्ने चेतावनी

काठमाडौँ । बिहीबार रथ तान्नेक्रममा पुल्चाेकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र कर्फ्यू घाेषणा गर्याे । कर्फ्यूकाे आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षरमा सूचना जारी गरियाे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा कर्फ्यू उल्लंघन गर्नेलाइ गाेली हान्ने चेतावनी दिइएकाे छ । सूचनामा भनिएकाे छ, ‘याे आदेशकाे […]

श्रीमानलाई हत्या गरी डोकोमा लगेर भिरबाट खसालेको अभियोगमा महिला पक्राउ

बुटवल । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय श्रीमान भिमबहादुर बुढाको हत्या गरी भिरमा फालेको अभियोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक […]

चंखेलीबाट २८ वर्षीया गर्भवतीलाई सेनाको हेलिकप्टरबाट उद्धार

हुम्ला, १८ भदाै । हुम्लाको चंखेली गाउँपालिकाबाट एक गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिकाको वार्ड नं. २ गर्खाबाट २८ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु(याइएको हो । चंखेली गाउँपालिका वार्ड नं. २ की गर्भवती महिला पर्वा शाहीलाई उद्धार गरिएको हो । समय नै नपुगेर प्रसुति व्यथा लागेको र पाठ्घरमा […]

काठमाडौं उपत्यकामा ४४५, देशभर १२२८ कोरोनाका नयाँ संक्रमित भेटिए

१८ भदौ, काठमाडौं । बिहीबार १२२८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३४१३ नमूना परीक्षण गरिएकाेमा १२२८ नयाँ संक्रमित बिहीबार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडाैं उपत्यकामा देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र […]

रथ जात्रामा भएको प्रहरी हस्तक्षेपको नेवाः दे दबुको बिरोध, साँखुमा निकालियो जुलुस

काठमाडाैं । राताे मछिन्द्रनाथकाे रथ जात्रा सुरु गर्न लाग्दा आज ललितपुरमा प्रहरीले दमन गरेकाे भन्दै काठमाडाैंका विभिन्न ठाउँमा विराेध भएकाे छ । यसैक्रममा काठमाडाैंकाे साँखुमा विराेध जुलुस निकालिएकाे छ । ललितपुरमा रातो मच्छिन्द्रनाथकाे रथ तान्ने क्रममा बिहिबार जात्रा हेर्न सहभागी भएका आम सर्वसाधारणमा माथि लाठी, अश्रुग्यास प्रहार गर्नुका साथै पानीकाे फाेहाेरा समेत हानेर दमन गरिएकाे […]