चंखेलीबाट २८ वर्षीया गर्भवतीलाई सेनाको हेलिकप्टरबाट उद्धार

हुम्ला, १८ भदाै । हुम्लाको चंखेली गाउँपालिकाबाट एक गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिकाको वार्ड नं. २ गर्खाबाट २८ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु(याइएको हो ।

चंखेली गाउँपालिका वार्ड नं. २ की गर्भवती महिला पर्वा शाहीलाई उद्धार गरिएको हो । समय नै नपुगेर प्रसुति व्यथा लागेको र पाठ्घरमा पानीको थोका बगेकाले उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेको थियो । स्वास्थ्यमा समस्या देखिएर गम्भीर बिरामी परेपछि सामाजिक विकास मन्त्रालय, कर्नाली प्रदेश सुर्खेत, स्वास्थ्य सेवा कार्यालय, हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा राष्ट्रपति नारी उत्थान कार्यक्रमले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु(याइएको जानकारी डा। टासी लामाले दिएका छन् ।

नेपाली सेनाको हेलिकप्टरले आज दिउसो ३ः११ बजे चंखेली गापाको वडा नं २ पुगी सुर्खेतमा लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् । अहिले उपचारको काम चलिरहेको तथा आमा र बच्चा खतराबाट मुक्त भएको उनले जानकारी दिइन । पछिल्लो समय हुम्ला जिल्लामा चंखेली गापाबाट धेरै गर्भवती आमाहरुको उद्धार भएको छ ।

यसअघि पनि हुम्लाको विभिन्न स्थानहरुबाट एयरलिफ्टीङबाट प्रसुति व्यथाले छट्पटाएकी धेरै आमा र शिशुको उद्धार भइसकेको छ ।

Loading...