शेखर भन्छन्: देउवासँग तारे होटलमा गोप्य भेट गरेको छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन्।

बिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।

कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमासमेत घनिभूत छलफल हुनुपर्ने बताएका थिए। महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए।

Loading...