ललितपुरका सिडिओ हस्ताक्षरित विज्ञप्तिमा गोली हान्ने चेतावनी

काठमाडौँ । बिहीबार रथ तान्नेक्रममा पुल्चाेकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र कर्फ्यू घाेषणा गर्याे । कर्फ्यूकाे आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षरमा सूचना जारी गरियाे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा कर्फ्यू उल्लंघन गर्नेलाइ गाेली हान्ने चेतावनी दिइएकाे छ ।

सूचनामा भनिएकाे छ, ‘याे आदेशकाे उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाका लागि खटिएका सुरक्षा अधिकारीले गाेली समेत हान्न सक्नेछ ।”

मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने निर्णय बिहीबार साँझ गरेको थियो।

कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो।

यस्ताे छ सूचना

Loading...