रातो मच्छिन्द्रनाथ जात्रा छोट्याएर सांकेतिक रथयात्रा गरेर बुंगमती पुर्याइने

 

काठमाडौं, १९ भदाै । रातो मत्स्येन्द्रनाथकाे रथ छाेट्याएर सांकेतिक रुपमा बुङमती लगिने भएकाे छ । काेराेनाका कारण लामाे समय रथ जात्रा राेकिएकाे र यही क्रममा बिहीबार रथ तान्ने क्रममा विवाद र झडप भएपछि जात्रासँग सम्बन्धित सरोकारवाला र स्थानिय प्रशासनबीच वार्ता भइ अब जात्रा छोट्याएर सांकेतिक रुपमा रथलाई बुंगमती लैजाने सहमतिमा भएको हाे ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातीय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरी निष्कर्षमा पुगेका हुन् ।

शुक्रबार सीमित मानिसको सहभागितामा क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुंगमती लैजाने सहमती भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

सबै पक्ष सहभागी बैठकले शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने, मंगलबार रथलाई सांकेतिक रुपमा खतमा राखी बुंगमती लैजाने सहमति भएको बैठकमा सहभागी भएकाहरुले बताएका छन ।

Loading...