रातो मच्छेन्द्रनाथ रथजात्रा बिवाद र झडपपछि ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यु

भाद्र १८ ,ललितपुर। ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासनले बिज्ञप्ति जारीगर्दै बिहीबारको अवस्था उग्र भएपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

बिज्ञप्तिमा कर्फ्यु आदेश जारि भएको क्षेत्र भित्र आवतजावत गर्न ,भेला हुन र जुलुस निकाल्ने जस्ता काम निषेध गरएको छ। आदेश उलंघन गरि घरबाट बाहिर निस्किएमा वा अन्य काम गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोलीसमेत हान्न सक्ने उल्लेख गरिएको छ। 

Loading...