डोटीमा जिप दुर्घटना, एकजनाको निधन

डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो । जिप […]

किसानझैं फोहोर भन्ने मेयर बालेनको अभिव्यक्ति प्रति किसान बिष्टको आपत्ति

काठमाडौ । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन साह) ले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै ‘किसानझैं फोहोर’ भन्ने अभिव्यक्ति दिएपछि राजनीति त्यागेर हाल खेतीकिसानी गरिरहेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। “तिमी किसानलाई फोहोर देख्छौ, तर, यही किसानले उब्जाएको अन्न खान्छौ कि खादैनौ? बिष्टले भावनात्मक र प्रश्नात्मक शैलीमा बालेनलाई प्रश्न गरेका छन् […]

१४ वर्षिय बालकबाट बलात्कार !

इलाम । इलाम नगरपालिका–७ बस्ने ११ वर्षीया बालिकामाथि सोही वडाका १४ वर्षीय बालकले आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी िगरेको आरोपमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ। पीडित बालिकाको बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी दिएपछि महमाई प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय […]

ओसाकामा वर्ल्ड एक्स्पो सम्पन्न, २ करोड ५० लाख अवलोकनकर्ता

जापान । ओसाकामा ६ महिनासम्म चलेको वर्ल्ड एक्स्पो २०२५ सोमबार एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ। “Designing Future Society for Our Lives” अर्थात् हाम्रो जीवनका लागि भविष्यको समाजको डिजाइन भन्ने नाराका साथ सञ्चालन भएको उक्त एक्स्पोले विश्व समुदायमा प्राविधिक नवप्रवर्तन, हरित ऊर्जा, र मानव–केन्द्रित विकासका विषयलाई मुख्य रुपमा उजागर गरेको थियो। नेपालसहित १ […]

अनलाइन स्क्यामिङ के हो र कसरी बच्ने?

अनलाइन स्क्यामिङ (Online Scamming) भनेको इन्टरनेटमार्फत ठगी गर्ने कार्य हो । यसमा स्क्यामर (ठग) ले विभिन्न चालचलन, झुटा जानकारी वा आकर्षक अफर प्रयोग गरेर मानिसहरूलाई धोका दिई पैसा ठगी गर्दछ्न् । व्यक्तिगत विवरण (जस्तै बैंक जानकारी, पासवर्ड, OTP, आदि) वा अन्य मूल्यवान जानकारी हत्याएर अथवा सिधै प्रलोभनमा पारी रकम आफ्नो खातामा पार्छन् । सरल भाषामा […]

पूर्व एआइजिपी देवेन्द्र सुवेदीविरुद्ध साइबर सेलमा उजुरी

काठमाडौ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रचण्डको निवासबाट घर जल्नु दुई दिन अघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने दाबी गर्दै गलत र तथ्यहीन प्रचार फैलाएको […]

पाँच हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ। पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक […]

सर्वोच्चले मंगलबारबाट नयाँ मुद्दा दर्ता गर्ने

काठमाडौं । भदौ २४ गतेको आगलागी घटनापछि स्थगित रहेका सबै मुद्दा प्रक्रिया अब पुनः चल्ने भएका छन्। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंगलबार (असोज २८ गते) बाट रिटसहित नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा जेनजी आन्दोलनका क्रममा आगो लगाउँदा झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। ती पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने […]

एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने

भक्तपुर । नेकपा (एमाले) ले ११ औं महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको  छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको नेता महेश बस्नेतले बताए।  मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्ने उनले बताएका छन्  भदौ २३–२४ को […]

लेखा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम पारित गराउने क्रममा रिसवत लिएको र सो रकम आफ्नो कार्यकक्षमै लुकाइराखेका थिए। सूचना र उजुरीको आधारमा टंगालस्थित अख्तियारको टोलीले […]