बुढानीलकण्ठ नगर युवा परिषद्को उपाध्यक्षमा शिरीष पौडेल नियुक्त

काठमाडौं । अधिवक्ता शिरीष पौडेल बुढानीलकण्ठ नगर युवा परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका छन्। 

बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले सोमबार आयोजित कार्यक्रममा पौडेललाई नियुक्तिपत्र प्रदान गरेका हुन्।

नगरपालिकाको गत पुस २ गते बसेको कार्यपालिका बैठकले पौडेललाई नगर युवा परिषद्को उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्तिपत्र ग्रहण गर्दै उपाध्यक्ष पौडेलले युवा सशक्तीकरण, नेतृत्व विकास तथा समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रकट गरे।

उनले बुढानीलकण्ठ नगरभित्र युवालाई सिर्जनशील, उत्तरदायी र आत्मनिर्भर बनाउने उद्देश्यसहित काम गर्ने बताए।

केन्द्रमा जस्तै नगरमा पनि युवा परिषदको उपाध्यक्ष कार्यकारी रहने ब्यवस्था छ ।