नेपालका ८ जना युवा पहिलो पटक नर्वे सेनामा भर्ती

काठमाडौँ । नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट […]

पहिरोका कारण कर्णाली राजमार्गमा यातायात अवरुद्ध

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘सडक विभाग तथा […]

त्रिविमा एक सातादेखि आंशिक शिक्षकको तालाबन्दी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् । त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन् । त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन् । पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर […]

सांसदको तलबभत्ता अबदेखि सरकारी बैंकबाट खातामै जम्मा हुने

काठमाडौँ । अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् […]

शिल्पाले फेसबुक, युट्युवसहित २५ मिडिया विरुद्ध दर्ता गराइन् २५ करोडको मानहानीको मुद्दा

काठमाडौं । बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत […]

पहिलो हिटबाटै बाहिरिइन् नेपालकी सरस्वती

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् […]

काँग्रेसले ८, माओवादी र जसपालाई ७÷७ मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गरिदै

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । […]

अमेरिकी राष्ट्रपति बाइडनको घोषणाः कोरोना खोप लगाउनेलाई १०० डलर दिइने

काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]

प्रदेश प्रमुख डा. अहिराज भन्छन् : दलको होइन, देशको हुँ

प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका छन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा रहेका उनले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका हुन् ।उनले प्रदेश प्रमुख दलको नभई देशको हुनुपर्नेमा जोड दिंदै आफू सोही मान्यता अनुसार अघि बढिरहेको बताए । ‘देश, […]

सरकारको सिफारिसमा लुम्बिनीमा र गण्डकीका प्रदेश प्रमुख बदलिए

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मंगरबारै भएको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई […]