काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ। नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि […]
Author: Nonstop Khabar
ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।
आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित
एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि टीभारेस, साका र जाकाले १–१ गोल गरे । युनाईटेडका लागि भने क्रिस्टियानो रोनाल्डोले १ गोल फर्काए । आर्सनल ६० अंकसहित तालिकाको भने […]
हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा
हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । भागबन्डाका आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् । हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट […]
कान्तिपुर टेलिभिजन र पत्रकार महासंघबीच तीन बुँदे सहमति
काठमाडौं । कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघबीच तीन बुँदे सहमति भएको छ। शुक्रबार कान्तिपुर टेलिभिजनको व्यवस्थापनको तर्फबाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फबाट महासचिव रोसन पुरीबीच तीन बुँदे सहमति भएको हो। कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्या र संस्थामा कार्यरत पत्रकार दिपा दाहालको पुनर्स्थापनाको माग राख्दै महासंघले आन्दोलन गर्दै […]
अमेरिकी संसदीय टोली काठमाडौंमा
काठमाडौं । चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली काठमाडौं आइपुगेको छ। शुक्रबार साँझ सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा काठमाडौं आइपुगेको हो। टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्। औपचारिक भ्रमणमा आएको अमेरिकी […]
दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा
आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए । पहिले ब्याटिङ गरेको राजस्थानले […]
अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे
एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको […]
पर्यटकको दैनिक आगमन दर १०० नाघ्यो
रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ। कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित […]
न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु
लमजुङ । लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युत गृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ । अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको […]











