काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगोजसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख […]
Author: Nonstop Khabar
दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल २२ र २३ दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ । वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा बालप्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य रसंस्कृतिको योगदान दिने सातजना बाल प्रतिभालाई बाल–तारा पुरस्कारबाट सम्मान गरिएको थियो । वरिष्ठ […]
स्थानीय तहमा ९९ हजार ६४६ जनाले दिए उम्मेदवारी
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राति साढे १० बजेसम्म ९९ हजार ६४६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्म प्रमुख पदमा २ हजार ६४६ जना तथा उपप्रमुख पदमा १ हजार ६४६ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा २ हजार ८६३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १ हजार ९५६ जनाको उम्मेदवारी […]
काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।
डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष निर्विरोध
सुर्खेत । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि […]
भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर […]
१५ बैंक भए पुग्ने राष्ट्र बैंकको अध्ययन, वित्तीय एकाधिकारको अवस्था नरहेको निश्कर्ष
काठमाडौं । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको अधिकतम संख्या सम्बन्धि प्रतिवेदनले वाणिज्य बैंकहरूको संख्या ११ देखि १५ भए पुग्ने उल्लेख गरेको छ। तर, संख्या सम्बन्धि यस्तो निश्कर्ष भने राष्ट्र बैंकले सर्वेक्षण मार्फत् निकालेको हो। सर्वेक्षणमा सहभागी २ सय ३० जनामा एक सय ४० जना बैंक तथा वित्तीय संस्थाहरूबाट रहेका छन्। […]
विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति
काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। ‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने […]
क्यानले घोषणा गर्यो नेपाल टी-२० लिग
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ। क्यानका अनुसार भारतीय कम्पनी सेभेन-३ स्पोर्ट्स रणनीतिक तथा व्यवसायिक साझेदारको रुपमा रहनेछ। यसअघि क्यानले गत वर्ष नै गर्ने भनिएको लिग विभिन्न कारणले हुन सकेको थिएन। क्यानले सेभेन-३ स्पोर्ट्ससँग प्रारम्भिक सम्झौता रद्द गरी […]
घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो। नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले निर्णायक गोल गरे। उनले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक भयो। सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत […]











