काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको गरिएको बताए । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने । धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए […]
Author: Nonstop Khabar
१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था […]
रौतहटमा मतपेटिका लुटियो
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित […]
पाँच स्थानको निर्वाचन स्थगित
काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।
उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका […]
मतदानको निर्धारित समय सकियो, ७२ प्रतिशत मत खसेको आयोगको आँकलन
काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ। बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ । तर, मत हाल्नका लागि ५ बजेभन्दा अगाडि मतदान केन्द्रमा […]
सुदूरपश्चिमका ५ ठाउँमा रोकियो मतदान
धनगढी । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ। पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले […]
झडप, मतपेटिका फोड्ने, कर्मचारी कुट्ने भएपछि आयोगले पोख्यो दलहरुसँग असन्तुष्टि
काठमाडौँ । स्थानीय तहको निर्वाचनको ४० प्रतिशत मत खसे पनि दलहरूबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोग राजनीतिक दलहरूसँग असन्तुष्ट बनेको छ। आयोग सबैभन्दा बढी गृहमन्त्री बालकृष्ण खाँणसँग असन्तुष्ट भएको स्रोतले जनाएको छ। शुक्रबार बिहान शान्तिपूर्ण सुरु भएको मतदान दिउँसोतिर केही स्थानमा दलहरुबीचकै विवादका कारण अवरुद्ध भएको छ। सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै आयोगले असन्तुष्टि जनाएको […]
सौर्यमण्डलमा रहेको विशाल ‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक
काठमाडौं । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल मिल्की-वे ग्यालेक्सी (आकाशगंगा) मा रहेको ‘ब्ल्याक होल’ को तस्बिर खिचेका छन्। मिल्की-वे ग्यालेक्सीमा रहेको यो ब्ल्याक होलको तस्बिर खगोलशास्त्रीहरूले पहिलो पटक खिच्न सफल भएको बिबिसीले जनाएको छ। वर्षौंदेखि रहस्यमा रहँदै आएको ब्ल्याक होलको पहिलो तस्बिर भने तीन वर्षअघि पहिलो पटक सार्वजनिक भएको थियो। अहिले वैज्ञानिकहरूले मिल्की-वे ग्यालेक्सीमा रहेको ब्ल्याक होलको […]
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते
स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो। […]








