स्याङ्जामा मतदाता बोकेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए […]

काभ्रेको एक मतदान केन्द्रमा मतपेटिका तोडफोड

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले अनलाइनखबरलाई बताए । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए ।

सिम्रोनगढमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप, मतदान रोकियो

बारा । बाराको सिम्रौनगढ नगरपालिका(२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

दैलेखमा एमाले र मजदुर किसान पार्टीबीच झडप

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई […]

सीमा खुलेपछि अस्ट्रेलियाको नेपाली विद्यार्थीको ओइरो

अनेकौं सपना सजाएर सात समुद्रपारीको देश अस्ट्रेलिया भित्रिने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो वर्षमा ह्वात्तै बढेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीको हब बन्दै गएको अस्ट्रेलियाले पछिल्लो समय सहुलियत दिएसँगै नेपाली विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य बनेको छ। विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अस्ट्रेलियाप्रति नेपाली विद्यार्थीको आकर्षक बढेको हो। त्यसैले […]

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]

पूर्वमन्त्री बस्नेत चढेको गाडी सल्यानबाट दाङ आउँदै गर्दा दुर्घटना

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए । उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र […]

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन […]

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- […]

नुहाउने क्रममा डुबेर दुईको मृत्यु, एक बेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न […]