अस्मिता अधिकारीलाई छिन्नलता पुरस्कार

काठमाडौँ । गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ गायिकाले खुशीको सिमा नरहेको बताएकी छिन् ।

छिन्नलता पुरस्कार !ओहो! छिन्नलता लेख्दै गायिका अधिकारीले सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक् नै भएको जनाएकी छिन् । ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ’ उनले भनेकी छन् । उनको सांगीतिक यात्रामा साथ दिने र सहयोग गर्नेलाई सम्मान समर्पित भएको समेत जनाएकी छिन् ।

नेपाली आइडलको दोस्रो सिजनबाट संगीतमा उदाएकी गायिका अधिकारी पछिल्लो समय प्लेब्याक गायनमा पनि उत्तिकै व्यस्त छिन् ।

Loading...