प्रियंका चोपडा सेटमै घाइते

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा हालै आफ्नो आउँदै गरेको हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका ​​क्रममा सेटमा घाइते भएकी छन्।

प्रियंका आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई यो जानकारी दिएकी छन्। उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्बिर सेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ।

Loading...