मध्यपुर थिमिमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मेयर पदमा विजयी, उप-मेयरमा गठबन्धनका विजयकृष्ण श्रेष्ठ

 जेठ ४ , भक्तपुर । मध्यपुर थिमिका मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले विजयी भएको छ ।   निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार सुरेन्द्र श्रेष्ठले  १५ हजार ९८ मत प्राप्त गरि विजयी भएको हो  । उनका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे  ।
 गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेको छ । २ वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भए ।
२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए । मदनसुन्दरले १४ हजार मत पाएका थिए । 
यसै गरि उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा सीमित भइन् ।

यस अघि मेयर उपमेयर दुबैमा जित हासिल गरेका एमालेले मध्यपुर थिमिमा यो पटक प्रमुख र उपप्रमुख दुवै गुमाउन पर्यो  ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित दुई , वडा नं. ३ मा वडाअध्यक्षसहित चार, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित तीन, वडा नं. ६ मा वडाअध्यक्षसहित चार सदस्य जितेको हो । त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।
नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ ।
नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

Loading...