काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित निर्वाचित

बैशाख ३, काठमाडौं । काठमाडौंको  शंखरापुर नगरपालिको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार निर्वाचित भएका छन् ।
प्रमुखमा रमेश नापित चारहजार ७०० मतसहित निर्वाचित भएका हुन् ।  यसअघि २०७४ मा भएको स्थानीय तहको चुनावमा एमालेका सुवर्ण श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीलाइ पछाडी पार्दै  ४८३३ मत प्राप्त गरि विजयी भएका थिए  ।

निर्वाचन आयोगकाअनुसार उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४ हजार ०२ मत पाए ।

May be an image of 1 person, standing and outdoors

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ ६ हजार ३६२ मतसहित निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजय कुमारी वाइबाले तीनहजार २९८ मत पाइन् ।

Loading...