प्रियंका चोपडा सेटमै घाइते

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा हालै आफ्नो आउँदै गरेको हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका ​​क्रममा सेटमा घाइते भएकी छन्। प्रियंका आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई यो जानकारी दिएकी छन्। उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्बिर सेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ।

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।

काठमाडौं । गुजरातको आनन्द जिल्ला अहिले चर्चामा छ । कारण यहाँ तीन ठाउँमा आकाशबाट ‘गोला’ जस्तो अज्ञात चिज खस्नु हो । आकाशबाट ‘गोला’ खसेको घटना यस क्षेत्रमा जिज्ञासाको विषय बनेको छ । यसबारे सामाजिक सञ्जालमा विभिन्न दाबी पनि भइरहेको छ । धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले यसलाई ‘एलियनका गोला’ भनेर वर्णन गरेका छन्। हाल जिल्ला प्रशासनले […]

भारतीय प्रम मोदी भोलि लुम्बिनी आउँदै, प्रधानमन्त्री देउवा आजै पुगे लुम्बिनी

बुटवल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जेठ ३ गते लुम्बिनी आइपुग्ने भएका छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउनका लागि भारतीय प्रम मोदी लुम्बिनी आउन लागेका हुन् । यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षीको स्वागत तथा बुद्ध जयन्तीमा सहभागि हुनका लागि आजै लुम्बिनी पुगेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री […]

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश खड्काले पाइन अवकाश

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् । ६५ वर्षे उमेरहदका कारण जेठ २ गतेदेखि अवकाश पाउने भएपछि सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई गत बिहीबार बिदाइ गरेको छ । शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेसँगै वरिष्ठतम् न्यायाधीश […]

रेणु दाहाललाई उछिन्दै एमालेका सुवेदीको अग्रता बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको सबैभन्दा बढी चर्चामा पाएको मध्य एक महानगरपालिका भरतपुरको प्रतिस्पर्धा अझ रोचक बनेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई पछाडि पार्दै नेकपा (एमाले)का विजय सुवेदी अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार भरतपुरमा एमालेका विजय सुवेदीले २ हजार ६९३ मत पाएका छन् । माओवादी […]

काठमाडौं १ को वडाध्यक्षमा एमालेका भरतलाल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् । लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ […]

एमालेले निर्वाचनको अवमूल्यन गरेको र अन्तिम परिणाम कुर्ने धैर्यता नराखेको गगन थापाको आरोप

काठमाडौं । स्थानीय निर्वाचनमा धाँधली भएको भन्ने नेकपा (एमाले)को आरोपलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जवाफ फर्काएका छन् । कांग्रेस महामन्त्री थापाले एमालेको आरोपको जवाफ दिँदै यो अभिव्यक्ति सिंगो निर्वाचन पक्रियामाथिको अवमूल्यन भएको बताएका छन्। ‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो […]

त्रिविले आइतबार बिदा नदिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ। नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो। आयल निगमले (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।