काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका छन् । बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ०५ घसिलामार्गमा […]

सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न सबै सिडिओलाई नारायणकाजीको निर्देशन

narayankaji shreshtha

काठमाडौं, १० फागुन । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशानुसार मन्त्रालयले पत्राचार गर्दै कारवाहीका लागि निर्देशन दिएको हो । गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन र कुनै संघ […]

भक्तपुर ईप्सन कप -२०८० सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला स्तरीय अन्तर विद्यालय ईप्सन फुट्सल कप समापन भएको छ । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ गतेबाट  सुरु भई १० गते प्रतियोगिता आज सम्पन्न भएको हो। उक्त प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ । […]

त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।   उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले  तीनजनाको सिफारिस गरेकोमा  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।  

८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छः प्रधानमन्त्री

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा […]

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

काठमाडौंको स्वयम्भूमा श्रीमती, छोरी र नातिनीको हत्यापछि काजी विकले आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान ३ जनाको बिभत्स हत्यापछि उनले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा बिक झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्। […]

करेन्ट लाग्दा किसानको निधन

bhaktapur municipality building

खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा कालिघाट स्थित खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका गोरालाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको […]

माटोमा कला भरेर तीनपुस्ता बिताएका बीरपालको कथा

कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन् । बाजेले गर्दै आएको काम उनका बुबा चिरौंजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन् । वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार […]

चित्रमा भरत जंगमको “कालो सूर्य”

काठमाडौं । विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को आज चित्रमा प्रदर्शनी शुभारम्भ भयो । कलाकार इन्दु पन्तले तयार गर्नु भएको सो A Fusion of Art and Literature चित्रकला विश्वमा पहिलो प्रयोग रहेको हो । Anticorruption Academy ले आयोजना गरेको सो बिश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गम (A […]

प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन […]