जलविरेमा सुख्खा पहिरो जान थालेपछि मुग्लिन सडक अवरुद्ध

चितवन, ३ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो […]

ज्वरो र टाइफाइडका बिरामी बढे

दमौली, ३ साउन । केही दिनयतादेखि तनहूँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिए । एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरे । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी […]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि […]

गणतान्त्रिक नेपालका राष्ट्रपतिबाट सञ्चारमाध्यममाथि राजाकालीन विभेद

काठमाडौं, ३ साउन । मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन। त्यसको पछिल्लो उदाहरण हो सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण। उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश दिएन। जनआन्दोलनको बलमा दुई सय ४० वर्ष लामो राजतन्त्रको अन्त्यपछि मुलुकको सर्वोच्च पदमा जनता पुग्दा पनि राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथ […]

विद्यालयको खेलमैदान भत्किदा पठनपाठनमा समस्या

डोल्पा । एक सातादेखि लगातार परेको अविरल वर्षाले मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा रहेको रारा निम्न माध्यमिक विद्यालयको खेलमैदान भत्किएको छ । विद्यालयको खेलमैदान भत्किएपछि विद्यार्थीको पठन पाठनमा समस्या उत्पन्न भएको छ । अविरल वर्षाले विद्यालय अगाडिको सीढी, पर्खाल र खेल मैदान भत्किदा विद्यार्थीहरु पठनपाठन गर्न समस्या भएको र वर्षा भइरहेको हुनाले फेरि पनि […]

किन खन्याउँदैछन अाइएनजिअाेले मधेशमा अरबौ रकम

काठमाडौं, ३ साउन । तराई-मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजोओ) मार्फत खर्च गरिएको खुल्न आएको छ। ती जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका […]

यसरी हरायो यू–१९ नेपाली टिमले सिंगापुरलार्इ

काठमाडौं, ३ साउन । स्पिनरद्वय सन्दीप लामिछाने र साहब आलमले एकआपसमा ८ विकेट बाँडेपछि नेपालले यु–१९ विश्वकप एसियाली छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सोमबार नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो। कप्तान सन्दीपले ५ तथा डेब्यु गरेका साहबले ३ विकेट लिएपछि सिंगापुर क्रिकेट क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिंगापुरले २९ ओभरमा ७३ […]

सांसद र उच्च पदस्थहरुको छात्रबृतिका लागि किन यति मरिहत्ते

काठमाडौं, ३ साउन । जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा ११ को लागि शनिबार सम्पन्न गरेको छात्रवृत्ति छनौट परीक्षामा विद्यार्थी पास गराइदिन भनसुन गर्नेको चाप बढ्दै गएको छ। जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालाई छात्रवृत्ति मिलाइदिन आउने फोनले हैरान बनाएको छ। आइतबारमात्रै पदभार सम्हालेका शिक्षा अधिकारी सापकोटाले छात्रवृत्तिका लागि आउने फोनले अनौठो अनुभव गराएको सुनाए। ‘सरकारी स्कुलबाट […]

परीक्षामा गृहमन्त्री जनार्दनको महत्वाकांक्षी योजना

काठमाडौं, ३ साउन । गृहमन्त्रीको मार्गचित्र महत्वाकांक्षी छ, तर मन्त्रालयमा अहिले भएको बजेटभित्र यो सम्भव छैन। मन्त्रालयले पनि धेरै स्वामित्व लिएको देखिएन किनकि कार्ययोजना झारा टार्ने खालको बनेको छ। मन्त्री भन्छन्,‘ यो मेरो होइन, मन्त्रालयको कार्ययोजना हो र कार्यान्वयन गरिन्छ।’ ७ माघभित्र प्रदेश र संघको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। तर, अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण […]