बूढी हाब्रेले जन्माई जुम्ल्याहा

बेइजिङ । सन्तानको इच्छा कुनै पनि प्राणीले गरेको हुन्छ । उमेरमा सन्तान जन्मिनु भनेको प्राकृतिक मानिन्छ ।

चीनमा भने एउटा बूढी हाब्रेले आफ्नो उमेरको उत्तराद्र्धतिर अर्थात् २३ वर्षमा बच्चा जन्माएकी छ त्यो पनि जुम्ल्याहा । एउटा केटो र अर्को केटी । पोथी बच्चाकोे वजन १७५ ग्राम तथा भालेको १२३.१ ग्राम रहेको छ ।

हाब्रेका गतिविधिलाई नजिकबाट नियाल्ने अवसर प्रायः पाउने चिडियाखानाका कर्मचारी २३ वर्षको हाब्रेबाट बच्चा जन्मने कुरालाई असम्भव ठान्छन् किनकि हाब्रेको त्यति वर्षको उमेर एउटा मानिसकोे ८० वर्ष बराबर मानिन्छ ।

हाब्रेले बढीमा २० वर्षको उमेरसम्म बच्चा जन्माउने गरेको ओलुङ राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका हाब्रे विशेषज्ञ लि डेसहेङ बताउनुहुन्छ ।

उनी शुरुमा १९ वर्षमा आमा बनेकी थिई । उसलाई प्राकृतिक रूपमा बाँच्ने वातावरण मिलोस् भनी प्राकृतिक संरक्षण केन्द्रमा लगेर छाडिएको चिडियाखानाका कर्मचारी बताउँछन् । जब हैजीले यस वर्षको वसन्तमा भाले खोजी, तब उनीहरू अचम्ममा परे । हैजीले चार महिनापछि गत जुलाई ३० मा बच्चा जन्माएकी हो ।

“सम्भवतः विश्वकै सबैभन्दा बढी उमेरमा आमा बन्ने सौभाग्य हैजीलाई मिलेको छ,” विशेषज्ञ लि भन्नुहुन्छ । चिनियाँहरूले एउटै आमाबाट केटो र केटीको सँगै जन्म हुनुलाई ‘ड्रागन–फोनिक्स ब्याबिज’ भन्ने गर्छन् ।

Loading...