दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

मायमी । विश्वको पाँचभागको एक भाग जनसंख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त संकट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो ।

उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

उक्त अध्ययनमा संलग्न वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा पर्नसक्नेछ ।

Loading...