टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी (भिडियो सहित)

टोकियो । जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ ।

साँझ प्राय पसल बन्द भएपछि आगलागी भएकोले मानवीय क्षति नभएको उद्धारमा संलग्न अग्नी नियन्त्रकले जनाएका छन् । घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालासहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् तर आगलागीबाट भएको आर्थिक क्षतिबारे अझै बिस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

आगलागी भएको स्थल विश्व प्रसिद्ध माछा बजार रहेको र आगलागीलाई नियन्त्रणमा लिन दर्जनौँ वारुणयन्त्र राति अबेरसम्म संघर्षरत रहेको प्रहरीले जनाएको छ ।

‘बाहिरी बजार’ भनेर चिनिने बजारमा सामुद्रिक माछाको ब्यापार हुने ठाउँ हो । सुकिजीमा प्रायः विदेशीहरू पनि जापानी माछाको स्वादका लागि पुग्ने गर्छन् ।

भिडियाे हेर्नुहाेस्

FIRE AT JAPAN'S TSUKIJI MARKET: Helicopters were seen hovering overhead as firemen fought to contain the fire that started this afternoon. https://cna.asia/2wo29tV(Video: Aloysius Low)

Posted by Channel NewsAsia on Thursday, August 3, 2017

Loading...