काठमाडौं, १३ साउन । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ‘अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी-२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]
Author: Nonstop Khabar
सामाजिक सञ्जालले ध्वस्त पार्दै विवाह सम्बन्धहरु
काठमाडाैं, १३ साउन । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीमा आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट […]
राजधानीमा कडा स्वाइन फ्लू । दुर्इको ज्यान गयो
काठमाडाैं, १३ साउन । केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ । । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल […]
भारत सरकारकाे नाकाबन्दीले दार्जिलिङवासी भोकभोकै मर्ने सम्भावना । सङ्कट बढ्दै
काठमाडाै, १३ साउन । पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ । माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ । ८६ को आन्दोलनका तत्कालीन कमान्डर सुवास घिसिङले ४० दिने बन्दमा फर्मान जारी गरेका थिए । उक्त आन्दोलनमा […]
राष्ट्रपतिको तलबभन्दा भत्ता बढी । ९ वर्षमा दोब्बरले बढाइयो सुविधा
काठमाडौं, १३ साउन । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसदमा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ […]
सीमाना कुरेका गोर्खा सैनिकका कमाण्डर भन्छन्- भारतले ठोक भन्दैमा चीनसँग लडिदैन
काठमाडौं, १२ साउन । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको छ । चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने सरकारले निर्णय गरेको छ । चीनले आफू पछि नहट्ने सङ्केत […]
कोठाको भित्ताभरि रोनाल्डोका फोटो टाँस्थे चर्चित फुटबलर कालियन
चार वर्ष अघिसम्म फ्रेन्च खेलाडी कालियन म्बाप्पेको कोठाका भित्ताभरि नै रियल म्याड्रिड स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका तस्बिर देखिन्थे । १४ वर्षको उमेरमा कालियनले फुटबलमा आफ्नो आइडियल रोनाल्डोलाई बनाए । उनले धेरैपटक रोनाल्डोसँगै एकै क्लबबाट प्रतिस्पर्धा गरेको सपना देखिरहे । कुनै दिन रोनाल्डोसँगै खेल्ने सपनालाई कालियनले जारी नै राखे । नभन्दै उनको त्यो सपना अब वास्तविकतामा […]
जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा
काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता […]
लालुका बाबु–छाेराकाे घरमा छापा मारेलगत्तै किन दिए नितिशले राजिनामा
काठमाडाै । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजीनामा दिन बाध्य भएको उनले संकेत गरेका छन् । बिहारको स्वार्थका लागि राजीनामा दिएको नीतीशले बताएका छन् । उनले आरजेडीका नेताहरूमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, […]
भूमी, राजनीति र माओवादी
आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]











