विनियोजन विधेयक २०७६/७७ को छलफल प्रायः सम्पन्न भइसकेको छ र हामी त्यसलाई अन्तिम रूप दिनेतर्फ उन्मुख हुँदै छौं। कुनै पनि देशको बजेट भनेको वार्षिक आय–व्ययको अनुमानमात्र हुँदैन। तत्कालीन देशको जुन अर्थतन्त्र छ, सामाजिक राजनीतिक अवस्था छ, त्यसलाई रूपान्तरण गर्नको निम्ती एउटा दिशाबोध गर्ने दस्तावेज पनि हुन्छ। त्यसैले बजेट समग्र राजनीतिक र सामाजिक प्रक्रियासँग जोडिएको हुन्छ। […]
Author: Nonstop Khabar
नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाको फरकमत : प्रधानमन्त्रीको फरक सोफा
सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ? ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा […]
सुरक्षा संयन्त्र छलेर संसद भवनभित्रै प्रदर्शनकारी छिरेर गरे तोडफोड
काठमाडौं । ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका छन् । कठिन प्रयासपछि सुरक्षाकर्मीहरु संसद भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । हङकङमा हप्तौंदेखि सुपुर्दगी सम्बन्धि विधेयकको विरोध हुँदै आएको छ । हङकङ सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । […]
अदालतले दिएन अन्तरिम आदेश, लोकसेवाको परीक्षा निश्चित
काठमाडौं। सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लोकसेवाको परीक्षा हुने निश्चित भएको छ । सर्वोच्चको आदेशसँगै आवेदन दर्ता गराएका ४ लाख बढी आवेदकले परीक्षा दिन पाउने भएका छन् । परीक्षा के हुने भन्ने अन्योल अन्त्य भएसँगै परीक्षा तयारी गरिरहेका आवेदक परीक्षाको तयारीमा जुटेका छन् । लोकसेवा आयोगले सबै प्रक्रिया सुचारु राख्दै आगामी ४ साउनबाट […]
संखुवासभामा २ इन्सपेक्टरसहित प्रहरीको विशेष कार्यदल परिचालन, के भिडन्त सुरु भएको हो ?
काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकाको हेयाङ्लामा प्रहरी र नेकपाका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको समाचार आएको छ । जिल्लाको सिलिङचोङ गाउँपालिका वार्ड नं. १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान सशस्त्र प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । दोहोरो भिडन्त भएको निहुँमा सरकारले सो क्षेत्रमा सोमवार […]
सास्कृतिक नगरी भक्तपुरमा ‘भक्तपुर महोत्सव’को आयोजना गरिदै
भक्तपुर, १६ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको आयोजना गर्न लागेको खुलासा गरेका छन् । भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने योजना बनाएको उनले बताएका हुन् । सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूसंगको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सवले राष्ट्रिय तथा […]
नाम इश्वरी काम राक्षसी : यसरी गरिन् इश्वरीले आफ्नै आमाको हत्या
काठमाडौं,१६ असार। भक्तपुरमा आइतवार भएको एक जेष्ठ नागरिकको हत्यामा उनकै छोरीको संलग्नता खुलेको छ । खरिपाटीस्थित छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको उनकै २७ वर्षीया छोरीले हत्या गराएको खुलेको हो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरी इश्वरी भट्टराईको साथमा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको आइतवार बिहान १०:३० […]
संखुवासभामा प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान
संखुवासभा, १६ असार । सुदुर उत्तरी सिलिचोङ गाउँपालिकामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच जम्काभेट भएको छ । सो क्रममा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएको हो । फायरिङका क्रममा कुनै पनि पक्षको क्षति […]
‘जहाज छन् तर उडाउने पाइलट छैनन्, गन्तव्य छैन, कहाँ उडाउने टुंगो छैन, भद्रगोल व्यवस्थापन छ।
काठमाडा,ै १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताएका छन्।नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने प्रष्ट पारे। पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग […]
रोपाइँको बेला आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव
सिरहा १६ असार, । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी रासायनिक मल को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको […]










