‘मलाई हिरो बनाउन हेगको हल्ला चलाइदैछ, लगे म अझै हिरो भएर निस्कन्छु– प्रचण्ड

काठमाडौं, १३ साउन । जनयुद्धमा १४ हजारभन्दा बढी मान्छेको मृत्यु हुनुमा प्रचण्ड जिम्मेवार भएको भन्दै उनलाई अन्तराष्ट्रिय अदालतमा लग्नुपर्ने कुरा उठिरहेका बेला प्रचण्डले भने त्यसको प्रतिवाद गरेका छन् । अन्य पार्टी छाडेर आएका केही कार्यकर्ताहरुलाई प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्वागत गर्दै उनले आफूलाई अन्तराष्ट्रिय अदालतमा लगे त्यसले झनै स्थापित […]

बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं, १३ साउन । गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।  यसपटक बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ । वोर्डले प्रकाशित गरेको नतिजाअनुसार ३ हजार भन्दा बढी विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् । वोर्डले जनाए अनुसार उच्च तह ३.६१ […]

रेडियो कार्यक्रम वापत कमिसन खाने अधिकृत रंगेहात समातिए

काठमाडौंस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रंगेहात समातिएका छन् । सोमबार सातौं तहका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित समातिएका हुन् । कोटेसन मार्फत जनचेतनामुलक सामाग्री रेडियोमा प्रचारप्रसार गर्न केन्द्रले दिएको भएपनि सेवाप्रदायक संग त्यसबापतको कमिसन लिएपछि उनी अख्तियारको फन्दामा परे । रकम भुक्तानि गरे पश्चात कमिशन बापत घुस […]

बैंकलाई ब्रोकर लाईसेन्स दिन तात्यो बोर्ड, नेप्सेलाई दियो कडा निर्देशन

  नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको छ ।  बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बोर्डको बैठक असार २५ गते बसेको भएपनि बोर्डले १८ दिनपछि यस सम्बन्धि जानकारी दिएको हो ।  बोर्डले आवश्यक प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीलाई […]

घरेलु उद्योगमा रु एक अर्ब लगानी

दमौली, १३ साउन । तनहुँ जिल्लामा दर्ता भएका घरेलु उद्योगमा रु एक अर्बभन्दा बढीको लगानी भएको छ ।आव वर्ष २०७५÷७६ दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जनाएको छ । सो अवधिमा एक हजार एक सय ३५ […]

पाल्पामा आत्महत्या सम्बन्धी घटना बढ्दैछ

पाल्पा – पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको छ । पारिवारिक विछोड, सामाजिक संजालको दुरुपयोग, मानसिक रोग तथा दीर्घ रोग, प्रेममा बिछोड इत्यादि कारणले पाल्पामा आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको प्रहरीले जनाएको छ । पछिल्लो तीन वर्षको अबधिमा पाल्पा जिल्लामा मात्रै दुई सय ३० जना बढीले आत्महत्या गरेका छन् । मानसिक रोगी, दीर्घ […]

आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड

काठमाडौँ, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिएका छन् । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन नेफा द्वारा आज आयोजित कार्यक्रममा उनले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताए। “आजको विश्वबजारमा […]

शेयर बजार ; नेप्सेमा तीन अङ्कको वृद्धि

काठमाडौँ, १३ साउन । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । […]

पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

 खोटाङ, १३ साउन । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको […]

रोल्पामा जंगली च्याउले लियो एकै परिवारका ३ को ज्यान

रोल्पा, १३ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी र ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको हो । गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए । उपचारका क्रममा भैरहवा […]