मध्यवर्ती क्षेत्रमा घरैपिच्छे माछापोखरी

कावासोती, ३ भदौ । कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उनले माछापोखरी बनाउन भन्दा पहिले धानखेती लगाउँदै आउका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमानासँगै जोडिएको खेतमा धान लगाए पनि कहिल्लै पाकेर पूरै काट्न भने पाएनन । वनबाट आउने गैँडा, बदेल, मँयुरलगायतले बालीनास गर्न थालेपछि उनले विकल्प रोजे ‘माछा पोखरी’ […]

ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै

नवलपुर, ३ भदौ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो । नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने […]

कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध

काठमाडौँ, ३ भदौ । कालीगण्डकी नदी डाईभर्सन प्रभाव क्षेत्रका काठमाडौंमा बस्ने नागरिकले जसरी पनि कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध गर्ने निष्कर्ष निकालेका छन् ।काठमाडौंमा रोजगारी गर्ने, पेशा व्यवसाय सञ्चालन गर्दै आएका र उच्च शिक्षा लिदै आएका सबै गण्डकीबेशीका नागरिकको जमघटले बुटवलका केही नेताले चुनावी नारा बनाएर सिंचाई र विद्युक्तको लागि कालीगण्डकीको पानी लान्छु भन्नुु मुर्खता […]

फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप

दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]

निर्वाचन आयोग किन गर्दैछ ५० पदका लागि ४० करोड खर्च

काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई […]

विकासको श्रृङ्खला चलाउन गाउँपालिकाले नै सुरु गरे पञ्चवर्षीय योजना

कञ्चनपुर, ३ भदौ । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत […]

एसईईको ग्रेड वृद्धि परीक्षामा अचम्म दृष्य, विद्यार्थीभन्दा निरीक्षक धेरै

घोराही, ३ भदौ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यमिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि […]

तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए […]

आज भदौ ३ गते मंंगलवार, हेर्नुहोस तपाईको आजको राशीफल

वि.सं. २०७६ भदौ ३ गते मंगलबार । इ.स. २०१९ अगस्ट २० तारिख । शकसंवत् १९४१ । ने.सं. ११३९ गुँलागा । भाद्र कृष्णपक्ष। पञ्चमी, २५:३९ उप्रान्त षष्ठी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा […]

मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,

काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]