असार १२, काठमाडौं । विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आज आइतबारदेखि जर्मनीमा सुरू हुँदैछ । चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु प्रत्यक्ष छलफलमा जुट्न लागेका हुन । रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ । […]
Author: Buddha Sharan
काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
काठमाण्डौ । काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका–२ का राजु दुतराजको ज्यान गएको हो । घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटे सँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्दै
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए। रेडियो थाहा संचारको कार्यक्रम इकोनोमिक टाइम्समा कुरा गर्दै महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा […]
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
असार १२ , काठमाडौं ।संघिय संसदको दुवै सदनका बैठक आज आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)” पेश गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय […]
अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न भागमा क्षति
काठमाडौं ।शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सय भन्दा बढी घर डुबानमा परेका […]
आजअन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस, नेपालमा ८० प्रतिशत दुर्व्यसनीको मुख्य कारण गाँजा
असार १२, काठमाण्डौ । आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह […]
अवैध ऋण लगानी (मिटर ब्याज),चिठ्ठा, ठगी लगाएत गतिविधिको जानकारि दिन सिआइवीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले अवैध ऋण लगानी (मिटर ब्याज),चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनी ठगी गर्ने लगाएतका गतिविधिको जानकारि दिन सबैमा आग्रह गरेको छ । ब्युरोले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकमा यस्तो […]
नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सञ्चालन
ललितपुर। नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम को र्ष सञ्चालन शुक्रबार गरिएको छ । खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको “क्वालिटी एक्सेल” को आयोजनामा शुरु गरिएको तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता सम्बन्धमा सहभागीहरुलाई विस्तृत जानकारी गराइएको छ । हिमाल, पहाड र तराईमा सञ्चालित विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएका उद्योगका जिम्मेवार […]
नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचन नियुक्त
असार ९ , काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचनलाई नियुक्त गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको असार ६ गते को निर्णय अनुसार उहाँलाई महाप्रवन्धकको जिम्मेवारी वहन गर्ने गरी नियुक्त गरिएको हो । नवनियुक्त ज्वारचनले बिहिबार नै आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा उहाले सबैबाट पूर्ण […]
काठमाडौँ महानगरले कोरनाकालमा पत्रकार तथा मिडिया हाउसलाई गरेको सहायोगको चर्चा , स्थानीय नेपाल भाषा सञ्चारलाइ दिगो बनाउने बारे छलफल
काठमाडौँ । काठमाडौँ महानगरले कोरनाकालमा पत्रकार तथा मिडिया हाउसलाई गरेको सहायोगको चर्चा भएको छ । नेपाल भाषा पत्रिका ‘ लहना ’ ले आज बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महानगरका पुर्व मेयर बिद्या सुन्दर शाक्यले महामारीका बीच नेपाल भाषा आवद्द सञ्चारकर्मी तथा मिडिया हाउसलाइ गरेका सहयोग बारे चर्चा भएको हो । विभिन्न सञ्चार […]