संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

असार १२ , काठमाडौं ।संघिय संसदको दुवै सदनका बैठक आज आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)” पेश गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने तथा “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट (न्यिदब िन्चभभल न्चयधतज क्ष्लकतष्तगतभ) को सहभागितामूलक सदस्य का रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयको छ ।

Loading...