काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका–२ का राजु दुतराजको ज्यान गएको हो । घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।

Loading...