असार ८, काठमाण्डौ। काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो । यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन […]
Author: Buddha Sharan
बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भूतपूर्व गोर्खाको समस्या समाधानबारे छलफल
काठमाडौं। भूतपूर्व गोर्खाको समस्या समाधानको विषयमा बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ। गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो। दूतावासका उपनियोग प्रमुख रोशन खनालले भूपू गोर्खाको मुद्दा अघि बढाउन दुवै पक्षले […]
पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्न सक्ने भएपछी पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटे
असार ८, काठमाण्डौ । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् । उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने भएका छन् […]
रवि लामिछानेलाई लक्षित गर्दै एमाले महासचिवले भने –’चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् –’निश्चित पेशा वा व्यवसायमा सफल वा […]
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं- संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन […]
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न
ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो । आज लोटस रिसर्च सेन्टरकै हलमा आयोजना समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । […]
आज जून २१ तारिख यस वर्षको सबैभन्दा लामो दिन, कारण यस्तो छ –
असार ७, काठमाडौँ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन १३ घण्टा ४५ मिनेटको लामो हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । […]
ललितपुर महानगरपालिकाले ल्यायो ट्राफिक व्यवस्थापन विशेष योजना
असार ७ , ललितपुर – ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई विशेष योजना बनाएर कार्यान्वयन गर्ने तयारि थालेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गतिलो नहुँदा सडक दुर्घटना बढेको भन्दै महानगरले विशेष योजना लागू गर्ने निर्णय गरेको हो । ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण तथा महानगरको ट्राफिक व्यवस्थापनका लागि दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गरिएको प्रमुख […]
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बन
असार ७, काठमाण्डाै । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । निगमका पूर्वकर्मचारी अधिकारी गत मङ्सिर ८ मा मात्रै अध्यक्ष नियुक्त भएका थिए । मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील शब्द प्रयोग […]
इतिहासविद् शर्माको पुस्कत ‘ उपन्यासया चाकलय् गिरिजा ’ सार्वजनिक
असार ४ , काठमाडौँ । इतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित नेपालभाषा समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको छ ।समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले शुक्रबार आयोजित येक्कार्य्क्रम बीच पुस्तकको विमोचन गर्नुभएको थियो । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना […]