आज जून २१ तारिख यस वर्षको सबैभन्दा लामो दिन, कारण यस्तो छ –

असार ७, काठमाडौँ ।  नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन  जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो  । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन   १३ घण्टा ४५ मिनेटको लामो  हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । 

सूर्यले  परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुने गर्छ  ।  हरेक बर्ष  जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । 
यसै गरि भोलिबात भने  दिन छोतिदै  रात लामो हुँदै जाने हुन्छ । यसको ठिक बिपरित डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।
 
Loading...