ललितपुर महानगरपालिकाले ल्यायो ट्राफिक व्यवस्थापन विशेष योजना

असार ७ , ललितपुर –    ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई विशेष योजना बनाएर कार्यान्वयन गर्ने तयारि थालेको छ।

महानगरपालिकाका  प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गतिलो नहुँदा सडक दुर्घटना बढेको भन्दै महानगरले विशेष योजना लागू गर्ने निर्णय गरेको हो  । 

ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण तथा महानगरको ट्राफिक व्यवस्थापनका लागि दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गरिएको प्रमुख महर्जनको भनाइ छ  ।

यसै गरि महानगरद्धारा आयोजित पहिलो औपचारिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबुले २१ बुँदे ट्राफिक व्यवस्थापनको योजना सार्वजनिक गरेका हुन्। 

उनले सार्वजनिक गरेको योजना अनुसार वाग्मतीदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने, बखुण्डोलबाट झम्सिखेलतर्फ जाने चारपांग्रे सवारीसाधनलाई बिहान ७ देखि बेलुका ८ बजेसम्म एकतर्फफ गर्ने, अस्पताल र विद्यालय अगाडि जेब्राक्रसिङमा संकेत बत्तीको व्यवस्था गर्ने, पैदलयात्रु हिँड्ने ठाउँमा फुटपाथ पसल राख्न नदिने, पेटी वा सडकमा अवरोध हुनेगरी निर्माण सामग्रीहरु राख्न नदिने, सवारी दुर्घटना कम गर्न मुख्य–मुख्य सडकहरुमा सडक बत्तीको व्यवस्था गर्ने महानगरको योजना छ।

 साइकल लेनलाई थप व्यवस्थित बनाउदै महानगर क्षेत्रभित्र पर्ने १५ दशमलव ८ किलोमिटर चक्रपथमा समेत साइकल लेनको लागि टेन्डर आव्ह्वान  गरिएको छ ।महानगरले ट्राफिक ब्यबस्थापन ब्यबस्थित गर्दै  पाटनढोका बस पार्कबाटपाटनढोका गेट तर्फ चारपाङग्रे सवारी साधनएकतर्फ गरिएको। महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिएको छ। लगनखेल ईटीटोलबाट मंगलबजारतर्फ चारपाङग्रे सवारी साधन एकतर्फ गरिएको। प्रयागपोखरीबाट इटीचोक चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको छ। 

मंगलबजारदेखि नःटोल (पुल्चोक) सम्म चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको छ। पाटनढोका बसपार्कलाई बस स्टपमा परिणत गरिएको। पाटनढोका भित्र अव्यवस्थित पार्किङ हटाई गमला, विश्राम वेञ्च राखी चोकमा राम्रो पारिएको छ। जवालाखेल भोटो देखाउने र मिननाथ रथ राख्ने स्थानमा भएरहेको अव्यवस्थित पार्किङ हटाई विश्रामस्थल र १८० वटा साना र ठूला गमला राख्ने योजना पनि ललितपुर महानगरपालिकाले बनाएको छ।   

ललितपुर महानगरले यसअघि महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिसकेको छ। त्यस्तै, पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ, लगनखेल ईटिटोलबाट मंगलबजारतर्फ र प्रयागपोखरीबाट ईटीचोकतर्फ चारपांग्रे सवारीसाधन एकतर्फी (वान वे) गरिएको छ। महानगरले ट्राफिक व्यवस्थापन सहज बनाउन, अनधिकृत रुपमा पार्किङ गरिएका सवारी साधनलाई व्यवस्थित गर्न तथा आवश्यक कारबाही गर्न नगरप्रहरी परिचालन गरिने भएको छ ।

Loading...