नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बन

असार ७, काठमाण्डाै ।  सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषद्को हिजो सोमबार बसेको  बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो  ।

निगमका पूर्वकर्मचारी अधिकारी गत मङ्सिर ८ मा मात्रै अध्यक्ष नियुक्त भएका थिए । मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील शब्द प्रयोग गर्दै हातपात गरेको अडियो एक साता अघि सार्वजनिक भएको थियो ।

 निगमको जहाज साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको, सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराइ सोझै टिकट बिक्री गर्ने गरेकोलगायतका आरोप अधिकारीमाथि रोप लागेको छ ।

Loading...