बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भूतपूर्व गोर्खाको समस्या समाधानबारे छलफल

काठमाडौं। भूतपूर्व गोर्खाको समस्या समाधानको विषयमा बेलायतका मन्त्री र नेपाली राजदूतबीच भेट भएको छ। गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो।

दूतावासका उपनियोग प्रमुख रोशन खनालले भूपू गोर्खाको मुद्दा अघि बढाउन दुवै पक्षले गर्नुपर्ने गृहकार्य र अन्य पक्षसँग वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको जानकारी दिए।

आचार्यले छिटै वार्ताको वातावरण बनाउन बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ। छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेका थिए।

Loading...