रवि लामिछानेलाई लक्षित गर्दै एमाले महासचिवले भने –’चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् –’निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।

 

 

Loading...