इतिहासविद् शर्माको पुस्कत ‘ उपन्यासया चाकलय् गिरिजा ’ सार्वजनिक

असार ४ , काठमाडौँ ।  इतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित नेपालभाषा समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको छ ।समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले शुक्रबार आयोजित येक्कार्य्क्रम बीच  पुस्तकको विमोचन गर्नुभएको थियो ।

नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले उक्त कार्येक्रममा आफ्नो धारणा ब्यक्त गरेका छन् । वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।
  विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन् ।

समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो ।

Loading...