पदम श्रेष्ठ –
मगर समुदायको नयाँ वर्ष भुमि –( भुम्या ) पुजा आषाढ १ देखि ३ गते सम्म नाचगान , खानपानलगायत विविध कार्यक्रम समारोहका साथ मनाईयो । पाल्पालाई केन्द्र बनाई रूकुम, रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँची, म्याग्दी र डोल्पाका आदिवासी भूमिपुत्र मगरहरुले भुम्या पुजा कृषि कर्म उत्तम हवस ,बाह«ी पहिरोले विडण्टा नगरोस भन्ने कामनागर्दै मनाउँदछन् । जेष्ठ १५ गते देखि पानीको मुहान सफाई गर्ने ,फुल टिप्ने ,ध्वजा बाँध्ने प्राकृतिक पूजन परम्परा भुमि सम्मान भएको बताईन्छ । राजधानी काठमाडौंको टुडिखेलमा आयोजित भुम्या पुजन सभालाई सम्बोधन गर्नुहँुदै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भन्नुभयो , १८ मगरात क्षेत्रको पहिचान भुमि पर्व बहुजाति बहुधर्मी सस्कृतिले सम्पन्न नेपालीका पहिचान मध्ये एक हो । यी विविध पहिचान मध्ये एक मगर समुदायले मनाईने नयाँवर्ष भुमी पुजन सम्मान समारोहले हामी जन्मेको भुमि , प्राणी ,मानव र प्रकृतिलाई सम्मान गर्न सिकाउदछ । भुमिसंग अर्थतन्त्रपनि जोडिने हुँदा पर्वहरु मनाउदा मगर समुदायले हिसाव किताब चुस्त दुस्त राख्न ,बहि खाताहरु नयाँ बनाईने हुनाले नयाँ वर्षलाई सार्वजनिक बिदाको घोषणाको माग गरिएको थियो ।
बली सहितको पुजा हुने भुमे पुजा मनाईने मगर समुदायलाई भुरूङचन, बेडलासी, बुढाथोकी, एसमाली,भस्की, खेली, हिस्रगता, सिढारी, खपाङ्गी थरमा छुट्याईने यस समुदाय आले मगर ,थापा मगर , राना मगर र पुन मगरका रुपमा पाईन्छ भने ती चारै मगर समुदायलाई तीन थर भित्रका २३ थरमा विभक्त गरिएको पाईन्छ । जस्तै आलेः दूध आले,फेङदी आले,तोर्छाकी र सूर्यवंशी । थापाः असमाली, दर्लामी, पुलामी, ताङलामी, रासकोटी, बिस्कटटा, सिंजापति, गहसरु,
ध्यवाङ, सिंजाली र फेवाली पुन ः तिर्के, पेगेल, रामजाली, रुखमानी ,बैजाली ,तिके, फुङजा, रोका आदी
नेपाल एकीकरण अघि कर्णाली र गण्डकीबीचको भूभाग बाइसे अन्र्तगत मगरात राज्य थियो । मगर जातिलाई केही जातीय अन्वेषकले भारतको मगधबाट नेपाल पसेका हुन भन्ने भनाई छ । तर स्वयम मगरहरुले चाहिं आफनो वंशज मङ्गोलियाको मेधियर प्रान्त अनि चीनहुँदै नेपाल प्रवेश गरेका भूमिपुत्र दाबी गर्दछन् । नेपालका प्रथम शहिद लखन थापामगरको गौरव बोकेका मगर मङ्गोलियाको मधियारकै नाम कालन्तरमा भेनेजुएला पुग्दा मग्यार, भारतमा मगध र नेपालमा मगर बनेको कुरा भने स्वीकार्छन् ।
अझ कतिपय मगर जातीय अन्वेषकले उपत्यकाका शाक्य नेवार, भारतका मौर्य, तराईका थारू र मगर एकै भगवान बुद्धका नश्लसँग सम्वन्धीत मङ्गोलियन दाबी गरेका छन् । प्राचिन मगर लिपि अखालिका भएको बताईन्छ । –बुद्धका प्राचीन वंशज ओकाकाको सात्विक अर्थ मुखबाट आगो ओकल्ने मगर भाषा हो । बुद्धले केरालाई मोचा भन्नु, सुँगुरको मासु खाएको प्रमाण भेटिनु, कोलिय जातकी मामाकी छोरीसँग विवाह गर्नुजस्ता धेरै आधारले गौतम बुद्ध र मगरवंश नजिक रहेको मान्न सकिने कथन छ । त्यसैले मगर समुदायले गौतम बुद्धलाई आफनै बंशज मानेर बुद्ध जयन्तीलाई भुमे पुजा जस्तैगरी मनाउँदछन ।
मगर भाषा, लिपि, धर्म र संस्कृति ः
भुमे पुजामा मगर पहिचानको रोधी संस्कृति र नृत्य परम्परा प्रस्तुत भएका थिए भने ती सस्कृतिलाई ठाउँ अनुरुप तीन भाषा प्रस्तुत गरिएका थिए ।
ड्ड १) राप्ती,रोल्पा, प्युठान, सल्यान र रूकुमका मगरले खाम भाषा बोल्छन् भने
ड्ड २) डोल्पाली मगर काइके भाषा बोल्छन् ।
ड्ड ३) त्यसैगरी नेपालमा सरोबरी मगर भाषाको मान्यता धुत भाषाले प्राप्त गरेको छ ।
मगरभित्रकै छन्तयाल भने खाम भाषा बोल्छन् भने दुरा धुत भाषा बोल्छन् । अख्खा ब्राम्ही लिपि प्रयोग गर्ने मगर स्याङ्जाको आलमदेवी, गोर्खाको मनकामना, धरानको बुढासुब्बा, तनहुँको छिम्केदेवी र धादिङको ढोला मण्डलीलगायत थुप्रै प्राकृतिक देवस्थललाई बज्रयान परम्पराअनुरूप जागृतगरी पुजारी रहेको छन् । आफुलाई प्राकृतिक बुद्ध धर्माबलम्बी भन्ने मगर नेपाल मण्डल अर्थात काठमाडौं उपत्यकामा , मकवानपुरको भीमफेदी,बज्रवाराही,
कुलेखानीहुँदै नेपाल एकीकरण पश्चात राजा पृथ्वीनारायण शाहका साथ भित्रिएको बताईन्छ । हाल उपत्यकाभित्र कीर्तिपुरको मच्छेगाउँ, ललितपुरको भैसेंपाटी, हालक्ष्मीस्थान, तिखेदेवल र भक्तपुरको सूर्यविनायकमा मगरको उल्लेख्य बस्ती पाईन्छ । आफ्नै जातका भूसाल पुरोहितबाट कर्मकाण्ड पूजा संस्कार गराउने मगर समाजमा १६ वर्ष उमेर पुगेकी किशोरीलाई जबर्जस्ती तानेर विवाह गर्ने र काख खाली गराए बापत आमाबाबुलाई जरिबाना तिर्ने परम्परा थियो, यस समाजमा ।
यी र यस्ता थुप्रै चलन चल्टीलाई पुर्नजागृत गर्ने उदेश्यका साथ काठमाडौंबासी मगर समुदायले टुँडिखेलमा आषाढ १ ,२ ,३ गते तीन दिन भव्य भुम्या पर्व मनाए ।मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको सभापतित्व , पर्व व्यवस्थापनको संयोजक बाबुराजा बुढामगरको व्यबस्थापन र मगर अन्तराष्ट्रिय संघका अध्यक्षको सकृयतामा आयोजित सो सभालाई शिक्षा , स्वास्थ्य , संस्कृति समितिका सभापति जयपुरी घर्ती ,नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ग्याल्वो लामा शेर्पा , नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले शुभकामना सन्देश व्यक्त गर्ने क्रममा आदिबासी जनजातिको चौतर्फी विकासको लागि मन्त्रालय स्थापना आवश्यक रहेको बताउनु भएको थियो ।