प्राकृतिक पर्व भुम्या नयाँ वर्ष

पदम श्रेष्ठ –  मगर समुदायको नयाँ वर्ष भुमि –( भुम्या ) पुजा आषाढ १ देखि ३ गते सम्म नाचगान , खानपानलगायत विविध कार्यक्रम समारोहका साथ मनाईयो । पाल्पालाई केन्द्र बनाई रूकुम, रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँची, म्याग्दी र डोल्पाका आदिवासी भूमिपुत्र मगरहरुले भुम्या पुजा कृषि कर्म उत्तम हवस ,बाह«ी पहिरोले विडण्टा नगरोस भन्ने कामनागर्दै मनाउँदछन् […]

गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर निहारिकाले ताेडिन् अनसन

काठमाडौं । न्याय माग गर्दै २७ जेठमा माइतीघर बात आमरण अनसन थालेकी कुमारी आमा भनि चिनिने महाेत्तरीको जलेश्वर नगरपालिका ९ की साेनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । निहारिका साथमा सहयोगी  र सरकारकारबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे मुख्य  पहलमा  सरकारी प्रतिनिधिसँग सहमति […]

काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब काटिने

काठमाडौं । काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब काटिने भएको छ । महानगरले आज एक सुचना जारि गर्दै   कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब काटिने भएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ । यसै गरि विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा […]

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि कार्यक्रम

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो । ‘व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि हामीले कार्यक्रम गरेका छौं । जेठ मसान्तदेखि असार ३ गतेसम्म […]

सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु

सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ । स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् […]

श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा

कोलम्बो –श्रीीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा […]

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

काठमाडौँ– तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो। घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन्। उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। ‘चितुवाको आक्रमणमा परेको थाहा […]

मेलम्ची बाढीको एक वर्ष, टहरामै बास ,पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा बोलिमै मात्र सिमित

असार १, सिन्धुपाल्चोक ।  मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत […]